नेकपा अध्यक्षद्वयबीच आज पुनः छलफल हुने - pharaksandesh.com

मुख्य समाचार


Monday, 3 August 2020

नेकपा अध्यक्षद्वयबीच आज पुनः छलफल हुने

काठमाडौँ, १९ साउन  : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्ने विषयमा आज विचार माझ्ने गरी छलफल हुने भएको छ । स्थिति सकारात्मक भएकाले दुई अध्यक्षवीच सहमति हुने गरी आज छलफल हुन लागेकाे हाे ।

उहाँहरुबीच केही दिनयता संवाद नभएको स्थितिमा आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङसहित सघन छलफल भएको थियाे । स्थायी कमिटीको बैठक पटकपटक स्थगन भएको र नियमित कार्यसूचीमा छलफल हुन नसकेका कारण पार्टीमा विवाद बढेको छ । स्थायी कमिटीमा नियमित कार्यसूचीका अतिरिक्त शक्ति बाँडफाँट र सरकार–पार्टीबीचको समन्वयबारे विवाद बढेको छ । 

भेटमा सहभागी नेता नेम्वाङका अनुसार संवादहीनता फुकेर अध्यक्षद्वयबीच स–सानादेखि हाल सतहमा आएका सबै विषयमा छलफल भएको छ । नेता नेम्वाङले भन्नुभयो, “स्थिति सकारात्मक छ । सबै कोणबाट छलफल जारी रहेकाले टुङ्गोमा नपुगी केही भन्न सकिन्न । सोमबार पुनः बसेर थप छलफल हुने कुरा छ । दुई अध्यक्ष बसेर सहमति गर्नुको विकल्प छैन ।” 

पछिल्लो समय यही साउन १३ गतेको पूर्वनिर्धारित स्थायी कमिटीको बैठक स्थगनपछि अध्यक्ष दाहालसहित बहुमत सदस्यको बैठकले अध्यक्ष ओलीसँग संवाद गर्न अध्यक्ष दाहाललाई जिम्मेवारी दिएको थियो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.