नेकपाका दुई अध्यक्षबीचको वार्ता अन्यौलमा - pharaksandesh.com

मुख्य समाचार


Thursday, 6 August 2020

नेकपाका दुई अध्यक्षबीचको वार्ता अन्यौलमा

काठमाडौँ, २२ साउन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीचको वार्ता र संवाद पुनः अन्यौलमा परेको छ । बुधबार साँझ ५ बजेका लागि तय भएको वार्ता स्थगित भएकाे र  बिहीबार बिहान बस्ने तय नभएको  प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराउनुभएको थियो । साेसँगै नेकपा विवाद र मतभेद सहमतिभन्दा अन्यौलता तिर गएकाे बुझिएकाे छ ।

पार्टीको आन्तरिक मतभेद अन्त्य गर्नेगरी दुई अध्यक्षबीच वार्ता जारी रहे पनि सहमति बनिसकेको छैन । पार्टीको स्थायी कमिटी बैठक पनि अन्यौलमा छ । 

अध्यक्ष तथा प्रधानमन्त्री ओलीले सचिवालय बैठक बोलाएर समस्याको समाधान खोजिनुपर्ने प्रस्ताव राख्दैआउनुभएको छ । अर्का अध्यक्ष प्रचण्डले जारी स्थायी कमिटी बैठकलाई नै निरन्तरता दिनुपर्ने अडानमा हुनुहुन्छ । दुई अध्यक्षबीचको यही अडानका बीच सहमतिको प्रयास जारी रहेको नेताहरूले बताउनुभएको छ ।

अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले वार्ताको लागि अहिलेसम्म सूचना प्राप्त नभएको जानकारी दिनुभयो । पछिल्लो समय दुई अध्यक्षले एक–एक जना सहयोगी नेता लिएर वार्ता गर्दैआउनुभएको छ । अध्यक्ष ओलीको तर्फबाट स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्बाङ र अर्का अध्यक्ष प्रचण्डको तर्फबाट वरिष्ठ नेता झलनाथ खनाल सहभागी हुँदैआउनुभएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.