प्रधानमन्त्रीद्वारा कोरोनाबारे विज्ञ तथा विपक्षी नेताहरूसँग छलफल - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 4 August 2020

प्रधानमन्त्रीद्वारा कोरोनाबारे विज्ञ तथा विपक्षी नेताहरूसँग छलफल

काठमाडौँ, २० साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ बारे सम्बन्धित क्षेत्रको विज्ञ तथा विपक्षी दलका नेताहरूसँग बालुवाटारमा छलफल शुरु गर्नुभएको छ ।

छलफलमा नेपाली काँग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तथा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि उपस्थित रहनुभएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराउनुभयो ।

पछिल्लो समय राजधानीलगायत देशका विभिन्न भागमा कोरोना सङ्क्रमण बढ्दैगएको तथा मृत्यु हुने र लक्षण देखिने दर बढेको सन्दर्भमा प्रधानमन्त्रीले छलफल शुरु गर्नुभएको हो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.