पहिरामा परेका २२ को शव फेला - pharaksandesh.com

मुख्य समाचार


Monday, 17 August 2020

पहिरामा परेका २२ को शव फेला

सिन्धुपाल्चोक १ भदौ : शुक्रबार बिहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरामा परेका २२ जनाको शव फेला परेको छ । आज बिहान थप तीन जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । 

आज वर्ष २२ का छविलाल दोङ, वर्ष छ का सुमन दोङ र वर्ष १० का सुरज दोङको शव फेला परेको प्रनाउ काफ्लेले जानकारी दिनुभयो । पहिरामा बेपत्ता ३९ जनामध्ये आजसम्म २२ जनाको शव फेला परेको र अन्यको सेना, प्रहरी र स्थानीयवासीले खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.