प्रचण्डसहित परिवारका सबै सदस्यकाे कोरोना परीक्षण रिपोर्ट नेगेटिभ - pharaksandesh.com

मुख्य समाचार


Thursday, 6 August 2020

प्रचण्डसहित परिवारका सबै सदस्यकाे कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

काठमाडाैँ, २२ साउन : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटिएका ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तर प्रचण्डसहित परिवारका सदस्य, सचिवालय र अरु कुनै पनि व्यक्तिमा कोरोना सङ्क्रमण नदेखिएको प्रचण्डकी पुत्री गंगा दाहालले फेसबुकमार्फत जानकारी दिनुभएको छ ।

प्रचण्डलगायत परिवारका सबै सदस्य र निजी सचिवालयका सबैको परीक्षण भएको र बाहिरी घेरामा रहने ६ जनाबाहेक अरु कसैमा पनि सङ्क्रमण नदेखिएको दाहालले जानकारी दिनुभएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.