काठमाडाैँ, २ भदौ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट थप सात जनाको मृत्यु भएको जानकारी दिइएको हो । आज, कोरोना भाइरसको संक्रमणबाट काभे्र, रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाडौकी ५८ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११४ पुगेको प्रवक्ता गौतमले वताउनुभयो ।
देशभरबाट १३ हजार चार सय ६१ जनाको पीसीआर परीक्षण गरेकोमा एक हजार १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले जानकारी दिनुभयो । पछिल्लो २४ घन्टामा काठमाडौँमा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ गरी २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो । साथै पछिल्लो २४ घण्टामा ८५ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या १७ हजार पाँच सय ८० पुगेको छ ।
अहिले देशका विभिन्न ठाउँको आइसोलेशनमा १० हजार पाँच सय ६३ जना छन् । यस्तै जना क्वरेण्टीनमा १३ हजार नौ सय २६ रहेका छन् । यस्तै गएको २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणबाट सात जनाको ज्यान गएको छ । काभ्रे, नवलपरासी, मोरङ, धनुषा बाँके र कास्कीका एक एक जना पुरुष र तनहुँका एक जना महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय १४ पुगेको छ ।
यता मन्त्रालयले कोरोनाबाट ज्यान गुमाएका व्यक्तिको शव उनकै परिवारका व्यक्तिले स्वास्थ्यका मापदण्ड अपनाएर अन्त्येष्टि गर्न सकिने बताएको छ । कोरोनाका कारण ज्यान गुमाएका व्यक्तिको शवबाट निस्कने तरल पदार्थबाट त्यसको प्रत्यक्ष सम्पर्कमा जाने व्यक्तिलाई कोरोना सर्ने सम्भावना रहेकोले तोकिएको स्वास्थ्य मापदण्ड अपनाएर परम्पराअनुसार अन्त्येष्टि गर्न सक्ने मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । तर मृतकका परिवारले नै शव लिन नमानेपछि बाध्य भएर सरकारले नै मापदण्डअनुसार शव व्यवस्थापन गर्ने गरेको उहाँले बताउनुभयो ।
प्रवक्ता गौतमले मृत्यु कसैका आफन्तका लागि संवेदनशील समय भएकोले त्यसको ख्याल गर्न सबैलाई आग्रह गर्नुभयो । शव व्यवस्थापनको फोटो, भिडियो खिचेर अनर्थ लाग्ने गरी सामाजिक सञ्जाल तथा सञ्चारमाध्ययममा आउने गरेको भन्दै उहाँले त्यस्तो नगर्न आग्रह गर्नुभयो । गोपनीयताको अधिकारको सम्मान गर्न पनि प्रवक्ता गौतमले आग्रह गर्नुभयो ।

No comments:
Post a Comment