आजको राशिफल।। आज वि.सं. २०७७ साउन १९ गते साेमवारकाे राशिफल - pharaksandesh.com

मुख्य समाचार


Monday, 3 August 2020

आजको राशिफल।। आज वि.सं. २०७७ साउन १९ गते साेमवारकाे राशिफल

वि.सं. २०७७ साउन १९। सोमवार। इ.स. २०२० अगस्ट ३। ने.सं. ११४० गुँलाथ्व। श्रावण शुक्लपक्ष। पूर्णिमा, २०:३६ उप्रान्त प्रतिपदा।

आजको राशिफल

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। नाम, दाम र इनाम कमाउने बेला छ। पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। समुदायको हितमा लोकप्रिय काम गर्न सकिनेछ। नोकरी र व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ। छोटो समयमा पुरुषार्थी काम सम्पादन हुनेछ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अस्वस्थताले काममा जुट्न बाधा पर्नेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई भाग्यले साथ दिनेछ। असल मित्र, शुभचिन्तक वा जीवनसाथीको सहयोग प्राप्त भइरहनेछ। धेरै आम्दानी नभए पनि व्यवसाय सामान्य रूपमा चल्नेछ। बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) दौडधुप गर्नुपरे पनि काम अधुरो रहला। गोप्य सूचना बाहिरिन सक्छ। हुलमुलमा धनमाल जोगाउन अलि सजग रहनुपर्ला। स्वास्थ्यका लागि आराम र खानपानमा विशेष ध्यान दिनुहोला। यात्राको प्रक्रियामा बढी खर्च हुन सक्छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। काम बन्नुका साथै धनलाभ हुनेछ। बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ। विगतका कमजोरीलाई सुधार गर्ने मौका छ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ।मित्रता र प्रेमको बन्धन कसिनेछ ।

सिंह 
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। ईर्ष्या गर्नेहरूले हार खानेछन्। व्यापारलगायत अर्थ लाभ हुने योजना प्रारम्भ गर्न सकिनेछ। मिहिनेत गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) समयतालिका नमिल्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्यका लागि खानपानमा ध्यान दिनुहोला। मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। नियमित काम र व्यवसायमा लाभ हुनेछ। महत्त्वाकांक्षा पूरा नभए पनि पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। परिवारमा आमाको माध्यमबाट काम बनाउन सकिनेछ। टाढिएका आफन्त नजिकिनेछन्।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)  पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। स्रोत-साधन जुट्नाले उद्योग र व्यापारमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)  बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यापार र पेसाबाट प्रशस्त लाभ हुनेछ। मिहिनेतले पेसागत उचाइमा पुर्याउन सक्छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ। बिछोडिएका आफन्तजनसँग भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यापार र पेसाबाट प्रशस्त लाभ हुनेछ।

कुम्भ 
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) दिगो योजनाका लागि ऋण लिने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपरे पनि उपलब्धि हातपार्न सकिनेछ। शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। तर सानो कामलाई अधिक समय खर्च हुनेछ। बेसुरको निर्णयले पछिलाई समस्या पर्न सक्छ। छर–छिमेकमा असमझदारी बढ्नेछ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)  आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि राम्रै फाइदा हुनेछ। मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने पछि फाइदा हुने काम प्रारम्भ गर्ने समय छ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.