वि.सं. २०७७ साउन २५। आइतवार। इ.स. २०२० अगस्ट ९। शकसंवत् १९४२ । प्रमादी संवत्सर। दक्षिणायन। वर्षा ऋतु।
आजको राशिफल
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) समयमा होसियार बन्न नसक्दा खर्च बढ्ने देखिन्छ। परिवारजनबाट टाढिनुपर्ला। श्रमअनुसार फाइदा कमै हुने देखिन्छ। प्रयत्न गर्दा सामान्य उपलब्धि उठाउन सकिनेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदै हुनेछ। साँझतिर स्थिति अनुकूल बन्नेछ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) लाभको अवसर मिले पनि तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुन सक्छ। मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्, सजग रहनुहोला। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ। प्रयत्न गर्दा पछि फाइदा हुने काम प्रारम्भ हुनेछ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मिहिनेतले लक्ष्यमा पुग्न सकिनेछ। अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका छ। कर्मयोगले नाम, दाम र इनाम दिलाउन सक्छ। साँझदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) स्वार्थका लागि नजिकिनेहरूबाट सजग रहनुहोला। फाइदा नभए पनि समुदायको हक हित हुने काम गर्न सकिनेछ। सामाजिक जिम्मेवारी समेत प्राप्त हुने समय छ। साँझतिर विशिष्ट व्यक्तिहरू सहयोगीका रूपमा उपस्थित हुनेछन्।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आम्दानी रोकिनाले योजना स्थगन हुन सक्छ। काम बिग्रने भयले सताउनेछ। तापनि प्रयत्न गर्दा चुनौतीहरू पन्छाउन सफल भइनेछ। अर्थ अभावले सताए पनि समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन्। स्वास्थ्य भने कमजोर रहनेछ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) विभिन्न सहयोग तथा उपहार प्राप्त हुने समय छ। आयआर्जन पनि मनग्य हुनेछ। रमाइलो यात्राका बीच अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यापार–व्यवसायमा आम्दानी बढ्नेछ। साँझदेखि स्वास्थ्य कमजोर बन्नुका साथै काम बिग्रने भयले सताउनेछ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ। रोकिएका काम बन्नेछन्। उद्योग र व्यापारमा विशेष लाभ उठाउन सकिनेछ। साँझतिर व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ। मान–सम्मान पाइनेछ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कर्मक्षेत्रमा परिस्थिति अलि बिग्रन सक्छ। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ। तापनि मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। साँझदेखि भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) काममा समेत उल्झन आउनाले पछि परिनेछ। साझेदारीमा आन्तरिक प्रतिस्पर्धा बढ्न सक्छ। केही घरायसी समस्याले पिरोल्न सक्छ। आफन्त टाढिन सक्छन्। अरूको मुख ताक्ने बानीले पछि परिनेछ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नयाँ योजनातर्फ अग्रसर भइनेछ। दिगो फाइदा हुने काम हातलागी हुनेछ। सहयोगीहरूको माध्यमले रोकिएका काम बनाउन सकिनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। केही उपहार पनि प्राप्त हुनेछन्। तर अरूको मुख ताक्ने बानीले समस्या पर्नेछ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ योजनातर्फ अग्रसर भइनेछ। दिगो फाइदा हुने काम हातलागी हुनेछ। सहयोगीहरूको माध्यमले रोकिएका काम बनाउन सकिनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। केही उपहार पनि प्राप्त हुनेछन्। तर अरूको मुख ताक्ने बानीले समस्या पर्नेछ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) महत्त्वाकांक्षा पूरा गर्न बलजफ्ती अघि बढ्ने बानीले काम बिग्रन सक्छ। आगन्तुकले अलमल्याउने हुँदा योजनाअनुसार काम गर्न नसकिएला। सोख र हडबडीले केही समस्या निम्त्याए पनि व्यक्तित्वमा निखारता आउनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट खानपानको अवसर प्राप्त हुनेछ।

No comments:
Post a Comment