आजको राशिफल।। आज वि.सं. २०७७ साउन २० गते मंगलवारकाे राशिफल - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 4 August 2020

आजको राशिफल।। आज वि.सं. २०७७ साउन २० गते मंगलवारकाे राशिफल

वि.सं. २०७७ साउन २०। मंगलवार। इ.स. २०२० अगस्ट ४। ने.सं. ११४० गुँलागा। भाद्र कृष्णपक्ष। प्रतिपदा, २०:५० उप्रान्त द्वितीया।

आजको राशिफल

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। काममा विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू प्रशस्तै फेला पर्नेछन्। होसियारीसाथ काममा जुट्नुहोला। शुभचिन्तकहरूले भने राम्रै सहयोग जुटाउनेछन्। सामाजिक कामको जिम्मेवारी बढ्नेछ। फाइदाका स्रोत पहिचान गर्न सकिनेछ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ। व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। गोपनीयता बाहिरिनाले काम दोहोर्याउनुपर्ला।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सोखले मालमत्ता जुटाउन प्रेरित गर्नेछ। धन तथा ज्ञानको भण्डार बढ्नेछ भने जीवनशैली आनन्दमय रहनेछ। अतिथिको रूपमा सत्कार पाइएला। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। व्यवसायले रमाइलो यात्रा गराउन सक्छ। प्रियभेट हुनुका साथै विशेष उपहार प्राप्त होला। प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ।

सिंह 
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। चुनौती चिर्दै काम बनाउन सकिनेछ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धैर्य एवं लगनशीलताले मात्र उपलब्धि प्राप्त हुनेछ। कामको मेसो नमिल्दा बुद्धिको उपयोग गर्नुहोला। अरूको विश्वास जित्न केही समय लाग्नेछ। तापनि प्रयत्न गर्दा दिगो फाइदा हुने काम हातलागी हुनेछ। श्रम परे पनि अरूको उपकार गर्न सकिनेछ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ। बगैंचा, फूलबारी र घरको साजसज्जामा समय बित्नेछ। टाढिएका आफन्त, साथीभाइ नजिकिन सक्छन्।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)  प्रतिस्पर्धीहरू पछि पर्नेछन् । मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन्।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)  मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) रचनात्मक काम बन्नुका साथै मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ।
कुम्भ 
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। सुरुमा आधार बनाउन खर्च लागे पनि आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट लाभ हुनेछ। चल-अचल धनको उपयोगबाट पनि फाइदा उठाउन सकिनेछ। खाँचो टार्न कर्जाको रकम लिन सकिनेछ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)  आयस्रोत बढ्नेछन् भने उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा मनग्य लाभ हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। अध्ययनमा पनि राम्रै प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने समय छ। सञ्चित धनको उपयोगबाट विशेष फाइदा हुनेछ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.