स्पेशल दिन : सन्ध्या भण्डारी - pharaksandesh.com

मुख्य समाचार


Monday, 10 August 2020

स्पेशल दिन : सन्ध्या भण्डारी

कथा
असार २५, कुनै समय मेरो लागि निकै स्पेशल थियो।निकै मज्जाको दिन थियो। ४ बर्ष अघि पनि रमाइलो गरि मनाएको थिए। ३ दिन अघिदेखि राती राती उठेर सिंगारेको थिए । अनि बिहानै मम्मी बाबाको कोठामा गएर Surprise दिएको थिए । "ह्यप्पी म्यारिज एन्निभर्सरी मम ड्याड" भन्दै फोटो लिएको थिए ।

म काठमाडौ, बाबा बिराटनगर, मम्मी इलाम! अहिले त जीवन चलेकै छ, रमाइलो भन्ने कुरा त हरायो जस्तो छ। तिनजना तीन तिर छुट्टिएका छौं । ७ क्लास पछि म होस्टलमा बस्न थाले । सैनिक स्कुलमा पढ्थे। म सानो हुदा त हामी संगै थियौं । म स्कुल, मम्मी अफिस, बाबा अफिस । घर त खाली हुन्थ्यो दिउँसो । टम्मी एक्लै ढोकामा बसिरहन्थ्यो। अफिसबाट आएर धमाधम बाबा खाना बनाउनु हुन्थ्यो । मम्मी र म होमवर्क गर्नै ब्यस्त। शनिबारको दिन कत्ती मज्जा हुन्थ्यो । रमाइलो हुन्थ्यो ! क्लासमा सबै भन्दा बढी ह्यप्पी फेमेली मेरै हो जस्तो लाग्थ्यो ।

म ५ मा पढ्दा बाबाको जव दोधारमा परेको थियो। अख्तियारले उहाँको बोसलाई समातेको थियो, अफिस कारोबारमा बाबा पनि इन्भल्ब हुनुभएको भएर उहाँको जव गयो। बाबाले सार्है नराम्रो मान्नुभएको थियो। लामो समय सम्म पनि कोर्टमा केस चलिरहेको हुनाले अर्को जव पाउन पनि गाह्रो थियोे । त्यसपछी बाबामम्मिको बेलाबेलामा झगडा भैरहन्थ्यो। 

घरमा मम्मिको अफिसको साथी आएको दिन झन बढी ठाकठुक हुन्थ्यो । बाबा उहाँहरुको अगाडि पर्नु नै हुदैनथ्यो । केही गरि आमुने सामुन्ने भएको दिनमा पनि उहाँहरु जवकै कुरा कोट्याउनु हुन्थ्यो। बाबा करियर बिग्रेकाले उसै त चिन्तित हुनुहुन्थ्यो झन अरुको कुरा काट्ने बानी !

दिनहुुँ झै मम्मिको साथी अझ एकजना अंकल आउने गर्नुहुन्थ्यो । मम्मी र उहाँको गफ गर्ने तरिका नै मलाई मन पर्दैनथ्यो । अझ बाबालाई के मन पर्थ्यो होला र? तर बाबा केही बोल्नुहुन्नथ्यो ।

लगभग बाबाको जव छुटेको एक बर्ष हुन लगिसकेको थियो होला । फेरि एकदिन बेलुका झगडा पर्‍यो त्यही कुराले। म कोठामा गैहाले तर आवाज यत्ति चर्को थियो कि मैले मन नपराइ नपराइ पनि सुने । "मेरै तलबको भरमा कति बर्ष बाँच्ने? काम केही हैन। महँगी उस्तै, स्कुल फी मै, घरखर्छ मै,कसरी सकिन्छ? केही महिना भएको भए एउटा कुरो। एक बर्ष हुन लागिसक्यो । के काम नगरी बुढिकै भरमा बस्ने विचार छ कि क्या हो?" मम्मिकी त्यतिको प्रश्न पछि बाबाले पनि कति अघि देखि मनमा बोकेर बसेको कुरा एकैचोटि भन्नुभयो, "म के तमसा हेरेर बसेको भन्ठान्छेउ? कोर्टमा केेेश चलिरहेेेकै छ । लिगल सर्टिफिकेट नभई जव पाउन सकिदैन त थाहा होला नि! अनि सुन ! तिम्रो त्यो अफिसको साथी हो कि के हो कत्ती आउँछ, के कामले आउँछ? तिमिहरुको एक एक चाला देखेको छु । अब आइन्दा त्यो केटालाई ल्याउने हैन। छोरिले के सोच्दी हो। हैट चालामाला ठिक छैन है भन्देको छु।"

मैले सुन्न सकिन अरु त। धेरै राती सम्म गन्थन चलिरहेकै थियो।त्यो दिन जति म कहिल्यै रोएको थिइन । साइकल बिग्रदा पनि होइन, टेड्डी नपाउँदा पनि होइन अनि टिचरको पिटाइ खादा पनि होइन। मलाई भोलिपल्ट बाबामम्मिको अगाडी पर्न पनि डर लाग्यो। म चुपो लागेर स्कुल गए । बेलुका घर आउँदा वकिल साबहरुलाई देखे। यसो हेरेको टेबलमा डिभोर्स पेपर देखे। मलाई कोठामा पठाइ हाल्नुभयो। बाहिर के के कुरा भैरहेथ्यो पत्तो पाउनै सकिन। राती पनि निकै अबेर आउनु भएको थियो । कोर्ट जानू भएको थियो। बिहान बाबा आएर मलाई सामान प्याक गर भन्दै आफैले राखिदिन थाल्नुभयो। म पनि जे गर भन्या खुरुखुरु गरिरहे। मलाई होस्टलमा लगेर छोडिदिनु भयो। अनि बाइ भन्दै गाडी मोड्नुभयो। आन्टी आएर मलाई कोठामा लग्नु भयो। अचानक होस्टल बस्न थालेको थिए केही बुझिन। मम्मी कहाँ जनुभयो? म किन होस्टल? बाबा कहाँ ?म सार्है एकोहोरो भएको थिए । बाबामम्मिबाट टाढिएको ६ महिनाजती नै भैसकेको थियो होला। हेर्नलाई फोटो पनि थिएन। म त्यो समय पैन्टिङ गर्ने गर्थे ।एउटा फ्याम्ली फोटो पैन्ट गरेको थिए । त्यही हेर्थे।

यत्तिकै समय चलिरहेकै थियो। एकदिन बाबा आउनुभएछ । होस्टलमा आवाज सुने। साथिहरुको घरबाट त फोन आइरहन्थ्यो। मैले त घरबाट आएदेखी पहिलो चोटि बाबाको आवाज सुनेकि थिए। उहाँले भेट्ने पर्मिसन लिइसक्नु भएको थियो। म पनि कहाँ सजिलै मान्नेवाला थिए र कोठाको कुनामा गएर बसे।कसरी बिर्सने सक्थे र म पनि त्यत्ति लामो समयसम्म मलाई याद नगरेको।आइन कत्ती बेर । बाबाले "ह्याप्पी बर्थडे छोरि" भन्दै सुक्क गरेको सुन्ने बित्तिकै म पनि दौडिएर रुदै बाबाकोअंगालोमा बाँधिन पुगे। धेरै बेर घुर्क्याउन सकिन। मेरो बर्थ डे मैले बिर्सिसकेको थिए। एकदमै एकोहोरो भएकि थिए। धेरै बेर पछि बाबा नै बोल्नु भयो, "सरि छोरी! एक्कासि होस्टलमा छाडिदिएर गए है। मेरो त्यस लगत्तै बिराटनगरमा जव भयो । हतारमा जानुपर्यो ।कामको चपेटाले आउन मिलेन आजै फर्केको सिधै यतै आए अनि।" एक कल फोन गर्न पनि भ्याउनु भएन भन्न मन थियो भनिन तर । धेरै सम्झिन्थे छोरी तिमिलाई। मैले आँसु मात्र झारे। 

बाबाको जब भएको कुराले खुशी लाग्यो,अब मम्मिको कचकच हुँदैन भन्ने लाग्यो। तर उहाँहरु अब पक्कै संगै हुनुहुन्नथ्यो । डिभोर्सको चक्करमा कोर्ट गएको देखेर आएको थिए। कङ्र्याट्स बाबा भने,बाबाले खिसिक्क हाँस्दै बोल्नुभयो "मम्मी आउँथिन् होला नि हैन म नआएको भए पनि?" म अचम्म परे, मम्मी? अँह मैले नकारात्मक भावले मुन्टो हल्लाए। "मम्मी कहाँ हुनुहुन्छ बाबा?" मैले बल्ल बल्ल सोधे। "म उता गैहाले, उनी एतै छिन नि, होस्टलमा राख्ने सल्लाह उनैको थियो आइनन् र? फुर्सद मिलेन होला । "बाबाले सजिलै भन्नुभयो। "हिंड थकाइ लागेको छ घर जाउ । मैले सोधिसकेको छु।"

मम्मी इलाममा हुनुहुँदो रहेछ। उहाँको अफिसको म्यामसंग कुरा गरे। उहाँले भन्नू भए अनुसार सोसल मिडिया चेक गरे। डिभोर्सको केही महिनामै घरमा आईरहने अंकलसँग बिहे गर्नु भएछ । म कोठामा रोइरहेकै थिए बाबा आउनुभएछ । फोटो देख्नुभयो क्यारे भनेर हत्तपत्त बन्द गरे। जिन्दगी लामो छ नानू जे पनि हुन सक्छ। बाबाले आँसु झार्नु भएन। मलाइ लाग्यो बाबाको पनि बिहे गर्ने सोच छ ।

मम्मिले कत्ती सजिलै बिर्सनु भएको । म त उहाँहरुको लाइफमा पछि आएको तर बाबालाई कसरि भुल्न सक्नु भएको ? म त अचम्म्ममा परे।

फेरि समय उसै गरि चल्यो। बाबाले बेलाबेलामा फोन गरिरहनुहुन्थ्यो भेेेट्न पनि आउनहुन्थ्य्यो । सधैंको झगडा भन्दा छुट्टिएको पनि राम्रै भयो । बाबा पनि खुशी नै देखिनुहुन्थ्यो।मम्मी त मेरो पास्ट हुनुहुन्थ्यो। म पनि १० क्लासमा पुगिसकेको थिए। मम्मीसँग त फोन पनि हुदैनथ्यो । मलाई पनि गर्न मन लाग्दैनथ्यो। तर आज गरौं गरौं लाग्यो। आज जो उहाँहरुको म्यारिज एन्निभर्सरिको दिन थियो। बाबा मम्मिको त कन्ट्याक्ट् थिएन नै होला। तर त्यो दिन उहाँहरुको लागि स्पेशल दिन थियो। मैले अझ स्पेशल बनाइदिन्थे अगाडी अगाडिको सालहरुमा। उहाँहरुलाई चै याद आयो कि आएन होला? जे होस मैले बाबालाई फोन गरे। "हेप्पी म्यारिज एन्निभर्सरी बाबा!!" अगाडिको सालहरुको भन्दा फिक्का थियो, मम्मी भन्न छुटेको थियो। मम्मिलाई पनि टेक्स्ट् गरे। रिप्लाइ आएन तर बाबाले खुशी मान्नुभयो। "यो दिनलाई सधै स्पेशल बनाउछ्यौ, तिमी स्पेशल छ्यौ छोरी मेरो लागि!" म खिसिक्क हाँसे। उहाँहरु छुट्टिदा के के निर्णय भएको थियो त थाहा भएन, यति बुझे कि मेरो जिम्मा बाबाले नै लिनुभएको हो। "थ्यान्क्यु बाबा मलाई एक्लै हुन दिनुभएन ।" बाबाले बुझ्नुभएछ क्यारे! "धत लाटी! म केही दिनमा फर्किन्छु अनि भेट्नुपर्छ" भन्दै फोन राख्नुभयो। बाबाले आज पनि यो दिनलाई स्पेशल नै मान्नुभयो । मैले त नम्मान्ने कुरै भएन किनकी मेरो लागि बाबानै स्पेशल हुनुहुन्थ्यो।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.