सङ्क्रमण रोक्न तीन तहका सरकारबीच समन्वय हुनुपर्छः मुख्यमन्त्री राई - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 11 August 2020

सङ्क्रमण रोक्न तीन तहका सरकारबीच समन्वय हुनुपर्छः मुख्यमन्त्री राई

विराटनगर,२७ साउन : प्रदेश नं १का मुख्यमन्त्री शेरधन राईले कोभिड–१९ सङ्क्रमण नियन्त्रणमा तीन तहका सरकारबीच आवश्यक समन्वय हुनुपर्ने बताउनुभएको छ । कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारका लागि थप चाल्नुपर्ने कदमका बारेमा सरोकारपक्षसँग आज भएको भर्चुअल बैठकमा उहाँले आगामी दिनमा सुझावका आधारमा थप समन्वय र सहकार्य हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बैठकमा सहभागी प्रदेशका मन्त्रीसहित स्वास्थ्यविज्ञ, कोरोना बढी सङ्क्रमण देखिएको जिल्लाका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मी र उद्योगी व्यवसायीले आवश्यकता, समन्वय र ठाउँअनुसार मात्र बन्दाबन्दी लागु गर्नुपर्ने सुझाव दिनुभएको थियो ।

झापा, मोरङ्ग, सुनसरी, उदयपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीले आफ्नो जिल्लाको वस्तुस्थितिका बारेमा जानकारी गराउनुभएको थियो । यसैगरी उद्योगी व्यवसायीले निजी अस्पताल र होटललाई पनि आइसोलेशन बनाउन सुझाव दिनुभएको थियो । 

यस्तै स्वास्थ्यविज्ञले अस्पतालबीच समन्वय गर्नुपर्नेमा जोड दिँदै दीर्घरोगीको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्नेलगायत सुझाव दिनुभएको थियो ।सुरक्षा निकायका प्रमुखले भने सीमा सुरक्षालगायतबारे जानकारी गराउनुभएको थियो ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.