सोती घटनाका मृतकका परिवारलाई १० लाख रुपैयाँ दिइने - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 11 August 2020

सोती घटनाका मृतकका परिवारलाई १० लाख रुपैयाँ दिइने

काठमाडाैँ, २७ साउन : सरकारले रुकुम पश्चिमकाे साेती गाउँमा भएकाे घटनाका मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत दिने भएको छ ।

सोमबारको मन्त्रिपरिषद् बैठकले पश्चिम रुकुमको सोतीमा भएको घटनामा मारिएका युवाका परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता डाक्टर युवराज खतिवडाले बताउनुभयो । घाइतेहरुको सम्पूर्ण खर्च पनि सरकारले व्यहोर्ने निर्णय भएको छ ।

घटनामा ६ युवाकाे ज्यान गएको थियो । घटनामा जाजरकोटको भेरी नगरपालिका ४ का नवराज विक, गणेश बुढामगर र संजीव विक, भेरी ११ का लोकेन्द्र सुनार र गोविन्द शाही तथा रुकुमको चौरजहारी १ का टीकाराम नेपालीको ज्यान गएको थियाे ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.