कोरोना संक्रमणबाट पश्चिम नवलपरासी कांग्रेस जिल्ला उपसभापतिको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 18 August 2020

कोरोना संक्रमणबाट पश्चिम नवलपरासी कांग्रेस जिल्ला उपसभापतिको मृत्यु

काठमाडाैँ, २ भदौ : कोरोना संक्रमित पश्चिम नवलपरासीका कांग्रेस जिल्ला उपसभापति सुवाशचन्द्र गिरीको मृत्यु भएको छ ।

नवलपरासीको सुस्तापश्चिम घर भएका ३७ वर्षीय गिरीको ललितपुरको पाटन अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान ६ बजे मृत्यु भएको हो।

गिरीमा कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबार एम्बुलेन्स मार्फत पाटन अस्पताल ल्याइएको थियो । यसअघि गिरीको बुटलवमा पथ्थरीको अप्रेसन भएको थियो ।

अहिले गिरीको शव अस्पतालमै छ । नेपाली सेनाको टोलीले शव व्यवस्थापन गर्ने तयारी गरेको अस्पताल स्रोतले जनाएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.