होटल रेस्टुरेन्ट बन्द गर्ने सरकारको निर्णय, प्याकिङ गरेर बेच्न मात्रै पाइने - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 11 August 2020

होटल रेस्टुरेन्ट बन्द गर्ने सरकारको निर्णय, प्याकिङ गरेर बेच्न मात्रै पाइने

काठमाडाैँ, २७ साउन : सरकारले होटल तथा रेस्टुरेन्ट सञ्चालन गर्न नदिने भएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले होटल तथा रेस्टुरेन्ट सञ्चालन गर्न नदिने तर प्याकिङ गरेर खाना/खाजा भने डेलिभरी गर्न दिने निर्णय गरेको हो ।

यसअघि गएको साउन ५ गतेको बैठकले साउन १५ गतेदेखि होटल तथा रेस्टुरेन्ट खोल्न दिने निर्णय गरेको थियो । तर सामाजिक दुरी पालना नगरेको, भिडभाड गरेको र कोरोनाबाट बच्नको लागि अपनाउने उपाय नअपनाएकाले होटल तथा रेस्टुरेन्ट बन्द गर्ने निर्णय भएको अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिनुभयो । 

पछिल्लाे समय नेपालमा काेराेना सङ्क्रमणकाे जाेखिम बढिरहेकाे छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.