स्वास्थ्य मन्त्रालयका ३ जना कर्मचारीमा कोरोना सङ्क्रमणको पुष्टि - pharaksandesh.com

मुख्य समाचार


Sunday, 9 August 2020

स्वास्थ्य मन्त्रालयका ३ जना कर्मचारीमा कोरोना सङ्क्रमणको पुष्टि

काठमाडौं, २५ साउन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ३ जना कर्मचारीमा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गत शुक्रबार कर्मचारीहरुको स्वाब सङ्कलन गरिएको थियो ।

मन्त्रालयका चालक र सहयोगीमा सङ्क्रमणको पुष्टि भएको प्रवक्ता प्रा डा जागेश्वर गाैतमले जानकारी दिनुभयाे ।

कोभिड १९ क्राइसिस म्यानेजमेन्ट समिति(सीसीएमसी) को टोलीले शुक्रबार मन्त्रालयका ८४ जना कर्मचारीको स्वाब संकलन गरेको थियो । जसमा ३ जनाको नतिजा पोजेटिभ आएको हो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.