काठमाडाैँ उपत्यकामा थप १३४ जनामा कोरोना सङ्क्रमण पुष्टि - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 11 August 2020

काठमाडाैँ उपत्यकामा थप १३४ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडाैँ, २७ साउन: पछिल्लाे २४ घण्टामा काठमाडाैँ उपत्यकामा थप एक सय ३४ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

विभिन्न प्रयोगशालामा गरिएकाे परीक्षणमा काठमाडाैँका एक सय १० जना, ललितपुरका १६ जना र भक्तपुरका आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्ला केही दिनयता काठमाडाैँ उपत्यकामा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या बढिरहेको छ भने समुदायस्तरमै भाइरस देखिन थालेपछि विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.