पर्सामा एकै दिन थपिए १३३ सङ्क्रमित - pharaksandesh.com

मुख्य समाचार


Friday, 7 August 2020

पर्सामा एकै दिन थपिए १३३ सङ्क्रमित

वीरगञ्ज, २३ साउन : पर्सामा एकै दिन सबैभन्दा बढी १३३ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको शुक्रबार बिहान सार्वजनिक गरिएको रिपाेर्टमा अहिलेसम्मकै एकै दिनमा सबैभन्दा बढी १३३ जनामा सङ्क्रमण पुष्टि भएको हो । यसअघि साउन २१ गते बुधबार ११२ जना सङ्क्रमित फेला परेकोमा शुक्रबार त्यो रेकर्ड तोडिएर एकै दिन १३३ जना नयाँ सङ्क्रमित थपिएको हो ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जिल्ला प्रहरी कार्यालय, पर्साका एक प्रहरी ४३ जना थुनुवा, नेपाली सेनाका पाँचसहित शुक्रबार पर्साका १३३ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । दुइ जना पर्सागढी नगरपालिका र बाँकी सबै १३१ जना वीरगञ्ज उपमहागरपालिकाका रहेको उहाँले बताउनुभयो ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको शुक्रबार बिहान आएको रिपाेर्टमा बारा जिल्लाका चार जना, रौतहट जिल्लाका चार जना र पर्सा जिल्लाका १३३ जना गरी १४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.उपाध्यायले बताउनुभयो । नयाँ थपिएका सङ्क्रमितहरूमा २१ जना महिला र एक १२० जना पुरुष गरी १४१ जना रहेका छन् ।

शुक्रबार थपिएका सङ्क्रमितहरूमा जिल्ला प्रहरी कार्यालय, पर्साका एक प्रहरी र ४३ थुनुवा गरी ४४ जना, पाँच जना नेपाली सेना, २२ जना भारतीय सिमासँग जोडिएको वीरगञ्ज महानगरपालिकाको श्रीर्सिया खल्वाटोलाका, दुइ जना वीरगञ्ज कारागारका, एक जना नेशनल मेडिकल कलेजका, एक जना तराई हस्पिटलका, एक जना पशु अस्पतालका रहेका छन् ।

त्यस्तै थपिएका अन्य नयाँ सङ्क्रमितहरूमा वीरगञ्ज महानगरपालिकाको श्रीपुर, तेजारथ टोल, चिनीमिल, गण्डक बहुअरी, मुर्ली, भिस्वा, घडिअर्वा पोखरी, अशोक वाटिका, छपकैया, सबैठवा, पिपरा, रानीघाट, प्रतिमा चौक, गणेशमान चोक, आदर्शनगर, अलौं, भवानीपुर, सुक्खा बन्दरगाहनजिकको टोलका रहेका छन् । शुक्रबार १३३ जना सङ्क्रमित थपिएसँगै पर्सामा सङ्क्रमितको सङ्ख्या ९०४ पुगेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.