मोरङमा ४६ सहित प्रदेश नं १ मा ५७ सङ्क्रमित - pharaksandesh.com

मुख्य समाचार


Monday, 3 August 2020

मोरङमा ४६ सहित प्रदेश नं १ मा ५७ सङ्क्रमित

विराटनगर, १९ साउन : प्रदेश नं १ मा आज ५७ जनामा सङ्क्रमण देखापरेको छ । प्रदेश नं १ मा आज गरिएको ९५१ जनाको पिसिआर परीक्षणमध्ये १८ महिलासहित ५७ जनाको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा सुरेश मेहताले बताउनुभयो । 

सङ्क्रमित देखिएकामध्ये मोरङमा ४६, झापामा छ र सुनसरीमा पाँचजना रहेका छन् । मोरङको विराटनगरका छ महिलासहित २२, रङ्गेलीका नौ महिलासहित २२, कटहरीका दुई महिला, झापाको अर्जुनधाराका पाँच, विर्तामोडका एक महिला, सुनसरीको इटहरीका तीन, धरान र इनरुवामा एक÷एकजनाको रिपोर्ट पोजिटिभ आएको प्रवक्ता डा मेहताले जानकारी दिनुभयो । 

प्रदेशमा सङ्क्रमितको सङ्ख्या एक हजार १२८ पुगेको छ । प्रदेशबाट आज आठजना सङ्क्रमित निको भई घर फर्केका छन् । यसरी घर फर्कनेमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट तीन महिलासहित आठजना रहेका छन् । प्रदेशमा निको हुने सङ्क्रमितको सङ्ख्या ८२९ पुगेको छ । प्रदेशमा हालसम्म ४५ हजार ७७१ जनाको पिसिआर परीक्षण गर्ने कार्य सम्पन्न भएको छ । (रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.