इटहरी, ६ भदौ : सुनसरीमा थप १७ जना काेराेना संक्रमित थपिएका छन । इटहरी उपमहानगरपालिकामा ८ जना, धरान उपमहानगरपालिकामा ५ जना र गढी गाउँपालिकाकाे औरावनीमा ४ जना गरी सुनसरीमा १७ जना संक्रमित थपिएका हुन् ।
इटहरीमा भदौ २ गते स्वाव पठाएको मध्ये थप पाँच जना र तीन गते पठाएको मध्ये तीन जना गरि जम्मा ८ जना नया संक्रमित थपिएका छन । संक्रमितहरु इटहरी वार्ड नं ९ का ३ जना महिला र १ जना पुरुष गरि जम्मा ४ जना, १२ नं वडाको १ जना महिला र १ जना पुरुष गरि जम्मा २ जना, ६ नं वडाको १ जना महिला र १४ नं वडाको १ जना पुरुष रहेका छन ।
इटहरीमा जम्मा संक्रमितको संख्या ७२ पुगेको छ ।

No comments:
Post a Comment