स्वास्थ्य मन्त्रालयमा कार्यरत एक डाक्टरको परिवारलाई कोरोना सङ्क्रमण पुष्टि - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 4 August 2020

स्वास्थ्य मन्त्रालयमा कार्यरत एक डाक्टरको परिवारलाई कोरोना सङ्क्रमण पुष्टि

काठमाडाैँ, २० साउन : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा कार्यरत एक डाक्टरको परिवारलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले डाक्टरको परिवारका तीन सदस्यको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको जानकारी दिनुभयो । 

डाक्टरको श्रीमती, छोरा र ससुरालाई कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले स्पष्ट पारेको छ । सहप्रवक्ता डाक्टर समिर अधिकारीले डाक्टरमा भने सङ्क्रमण नभएको र केही सञ्चारमाध्यममा डाक्टरलाई नै सङ्क्रमण भएको हल्ला फैलिएकोले त्यसको पछि नलाग्न आग्रह गर्नु भएको छ । 

डाक्टर केही दिनदेखि बिदामा रहेको र स्वास्थ्य मन्त्रालयमा हाजिर नभएकाे पनि मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयले उहाँ अझै पनि बिदामा नै रहेकाे जानकारी दिएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.