थप ३८० जना सङ्क्रमित, कुल २२ हजार ९७२ पुग्याे - pharaksandesh.com

मुख्य समाचार


Sunday, 9 August 2020

थप ३८० जना सङ्क्रमित, कुल २२ हजार ९७२ पुग्याे

काठमाडौँ, २५ साउन : कोरोनाभाइरसका ३८० जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २२ हजार ९७२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमित सातहजार ५४४ रहेका छन् ।

पछिल्लाे २४ घण्टामा आठ हजार पाँच सय १५ जनाको पीसीआर परीक्षण गर्दा देशैभर तीन सय ८० जनामा कोरोना पुष्टि भएको हो । यस्तै गएको २४ घण्टामा ४० जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएसँगै कोरोना जित्नेहरुको सङ्ख्या १६ हजार तीन सय १५ पुगेको छ ।

त्यस्तै ६ हजार पाँच सय ४४ जना सक्रिय सङ्क्रमित अहिले विभिन्न ठाउँकाे आइसोलेशनमा छन् । यस्तै ११ हजार ३८ जना क्वरेण्टीनमा रहेका छन् ।

नेपालमा कोरोना सङ्क्रमणबाट थप दुई जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७५ पुगेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.