प्रचण्ड निवासका ६ सुरक्षाकर्मीमा कोरोना पुष्टि - pharaksandesh.com

मुख्य समाचार


Thursday, 6 August 2020

प्रचण्ड निवासका ६ सुरक्षाकर्मीमा कोरोना पुष्टि

काठमाडाैँ, २२ साउन : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका निजी सुरक्षा दलका ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

गेटमा खटिने सेन्ट्री टोलीलगायतमा खटिने सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको अध्यक्ष प्रचण्डका निजी सचिवालयले जनाएको छ । 

सचिवालयका अनुसार पहिलो घेरामा रहेका सुरक्षाकर्मीमा भने सङ्क्रमण पुष्टि भएको छैन । कोरोना पुष्टि भएका उनीहरुको नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा परीक्षण गरिएको थियो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.