२४ घण्टामा ७४३ जनामा काेराेना सङ्क्रमण, ८ जनाकाे ज्यान गएकाे पुष्टि - pharaksandesh.com

मुख्य समाचार


Monday, 24 August 2020

२४ घण्टामा ७४३ जनामा काेराेना सङ्क्रमण, ८ जनाकाे ज्यान गएकाे पुष्टि

काठमाडाैँ, ८ भदौ : नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३२ हजार ६ सय ७८ पुगेकाे छ । गएको २४ घण्टामा सात सय ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घन्टामा देशभरबाट १० हजार २ सय ३४ जनाको पीसीआर परीक्षण गरेकोमा ७ सय ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ । पछिल्लो २४ घन्टामा काठमाडौँमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ गरी २२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो । 

पछिल्लो २४ घण्टामा १ सय ७५ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या १८ हजार ८ सय ६ जना पुगेको छ । यस्तै सो अवधिमा कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको जानकारी दिइएको हो । आज, कोरोना भाइरसको संक्रमणबाट ३ जना महिला र ५ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १५७ पुगेको प्रवक्ता गौतमले वताउनुभयो । हाल १५ जना भेण्टिलेटरमा उपाचार भइरहेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

अब नेपालमा १३ हजार सात सय १५ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै ११ हजार दुई सय ७५ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । यसैवीच नेपालले कोरोना भइरसको उपचारको भ्याक्सिन ट्रायलमा प्रयोग गर्न लागेको प्रवक्ता गौतमले जनाकारी दिनुभयो । उहाँले संक्रमित व्यक्तिको अनुमति लिएर मात्रै भ्याक्सिनको प्रयोग गरिने भन्दै यसमा कसैले भ्रम नपाल्नुहुन अनुरोध गर्नुभयो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.