कोरोनाबाट थप एक जनाको मृत्यु, मृतक संख्या ६६ पुग्यो - pharaksandesh.com

मुख्य समाचार


Friday, 7 August 2020

कोरोनाबाट थप एक जनाको मृत्यु, मृतक संख्या ६६ पुग्यो

धरान, २३ साउन : बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा उपचार गराइरहेका एक युवकको आज मृत्यु भएकाे छ। याेसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ६६ पुगेको छ । 

सिरहा गोलबजारका २३ वर्षीय युवकको बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा उपचारकाे क्रममा आज बिहान ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका जनस्वास्थ्य प्रशासक सागर प्रसाईंले जानकारी दिनुभयो ।

ती युवकको जनकपुरमा डायलाइसिस गर्ने क्रममा कोरोना पोजेटिभ आएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो । सुरुमै चिन्ताजनक अवस्थामा ल्याइएका युवकको आज बिहान ज्यान गएको प्रसाईंले बताउनुभयो। 

यसबारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुनै जानकारी दिएकाे छैन । 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.