पछिल्लो २४ घण्टामा ८१८ जनामा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि - pharaksandesh.com

मुख्य समाचार


Sunday, 23 August 2020

पछिल्लो २४ घण्टामा ८१८ जनामा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि

काठमाडौँ, ६ भदौ : नेपालमा पछिल्लो चौबीस घण्टामा  ८१८ जनामा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ३१ हजार ९ सय ३५ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दैनिक प्रेस ब्रिफिङको क्रममा बताउनुभयाे ।

पछिल्लाे २४ घण्टामा आठ हजार २६ जनाको पीसीआर विधिमार्फत काेराेना परीक्षण गर्दा आठ सय १८ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २२० जना महिला र ५९८ जना पुरुष रहेको मन्त्रलायले जनाएको छ ।

नेपालमा अहिले सक्रिय सङ्क्रमितहरू १३ हजार १५५ रहेका छन् । क्वारेन्टिनमा ११ हजार ४१४ रहेका छन् ।

यस्तै गएको २४ घण्टामा २८१ जना उपचार पछि निको भएर घर फर्किएका छन् । यो सँगै निको हुनेको संख्या १८ हजार ६ सय ३१ पुगेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.