नगरपालिकाका मेयरसहित पर्सामा थप ५५ जनामा सङ्क्रमण - pharaksandesh.com

मुख्य समाचार


Saturday, 8 August 2020

नगरपालिकाका मेयरसहित पर्सामा थप ५५ जनामा सङ्क्रमण

वीरगञ्ज,  २४ साउन : नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणको शुक्रबार राति अबेर आएको रिपाेर्टअनुसार पर्सा जिल्लाको बहुदरमाई नगरपालिकाका मेयरसहित पर्सामा थप ५५ जनामा कोरोना पुष्टि भएको छ ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार साउन २१ गते नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बैरियाबिर्तामा परीक्षणका लागि स्वाब दिएका बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साहसहित थप ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

थपिएका नयाँ सङ्क्रमितहरूमा आठ जना महिलासहित थप ५५ जना रहेका छन् जसमा पैसा तिरेर पीसीआर परीक्षण गरिएका १३ जनामा र मास टेस्टिङका लागि लिइएको स्वाब,कन्ट्याक्ट ट्रेसिङका आधारमा सङ्कलित स्वाबको परीक्षण रिपाेर्ट रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. उपाध्यायले जानकारी दिनुभयो ।

थपिएका नयाँ सङ्क्रमितहरूमा बहुदरमाई नगरपालिकाका मेयरसहित २५ जना, नारायणी अस्पतालको प्रयोगशालाका एक कर्मचारी, नेपाली सेनामा एक जवान रहेका छन् । त्यस्तै पर्साको छिपहरमाई गाउँपालिका वडा नं. ५ भिस्वाका दुई जना, वीरगञ्ज आदर्शनगरका छ जना, श्रीपुरका चार जना, मुर्लीका दुई जना, नगवाका चार जना, रेशमकोठी र बिर्ताका एक/एक जना रहेका छन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.