प्रदेश नं २ मा दुईको मृत्यु, २२७ नयाँ सङ्क्रमित थपिए - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 5 August 2020

प्रदेश नं २ मा दुईको मृत्यु, २२७ नयाँ सङ्क्रमित थपिए

जनकपुर, २१ साउन : प्रदेश नं २ मा आज कोरोनाको सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ भने २२७ जना नयाँ सङ्क्रमित थपिएका छन् । वीरगञ्ज–१५ बस्ने ४५ वर्षीय पुरुष र पर्साको पोखरिया–८ की १८ वर्षीया महिलाको कोरोना सङ्क्रमणबाट आज मृत्यु भएको छ । योसमेत गरी यो प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ । सोमध्ये १४ जना पर्सा जिल्लाबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा फेला परेका २२७ जना नयाँ सङ्क्रमितमा ४१ जना महिला रहेका छन् । सोअनुरुप पर्सामा १४७, धनुषामा २३, सर्लाहीमा १९ , महोत्तरीमा १४, सिरहामा चार र सप्तरीमा एक जना रहेको स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजय झाले बताउनुभयो । योसमेत गरी यस प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार २७२ पुगेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.