मध्यपुरथिमिको उद्योगमा आगलागी - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 11 August 2020

मध्यपुरथिमिको उद्योगमा आगलागी

भक्तपुर, २७ साउन : स्यानेटाइजरलगायत विभिन्न रसायन बनाउने एक उद्योगमा आज साँझ आगलागी भएको छ । मध्यपुरथिमि नगरपालिका–६ स्थित युनाइटेड नेपाल केमिकल प्राइभेट लिमिटेडमा साँझ ६ बजेदेखि आगलागी भएको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । 

भक्तपुर र ललितपुरको दमकलले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको जनाइएको छ । साँझ आकाशबाट समेत पानी परेपछि आगो नियन्त्रणमा सहज भए पनि पूर्णरुपमा नियन्त्रणमा आएको छैन । आगलागीको कारण र क्षति विवरण भने आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो । (रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.