इलाममा क्वारेन्टाइनमा बसेका पुरुषको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Monday, 17 August 2020

इलाममा क्वारेन्टाइनमा बसेका पुरुषको मृत्यु

पशुपतिनगर, १ भदौ : इलामको सूर्योदय नगरपालिकाको करफोक क्वारेन्टाइनमा बसेका २२ वर्षीय पुरुषको मृत्यु भएको छ । भारतको हैदराबादबाट आई गत २६ गतेदेखि क्वारेन्टाइनमा बस्दैआउनुभएका सूर्योदय नगरपालिका-९ घर भएका ती पुरुषको आइतबार राति मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या भएपछि आइतबार बिहान १० बजेदेखि सूर्योदय नगरपालिकाका स्वास्थ्यकर्मीको टोलीले उहाँको उपचार गरेकाे थियाे । राति ११ बजे उपचारकै क्रममा उहाँको मृत्यु भएको सूर्योदय नगरपालिका वडा नं. १० का वडाध्यक्ष पेमा उगेन लामाले जानकारी दिनुभयो ।

गत २९ गते स्वाब सङ्कलन गरी मेची अञ्चल अस्पताल झापा पठाइए पनि उहाँको रिपाेर्ट भने आउन बाँकी रहेको स्वास्थ्य कार्यालय, इलामका कोरोना फोकल पर्सन विमल बरालले जानकारी दिनुभयो ।

फोकल पर्सन बरालका अनुसार ती युवामा छाती दुख्ने, ज्वरो आउने र स्वास फेर्न समस्या भएको थियो । उहाँका अनुसार कोरोनाले अथवा अन्य कारणले मृत्यु भएको पुष्टि भने रिपाेर्ट आएपछि मात्र थाहा हुने जानकारी दिनुभयो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.