सुनसरीमा एक युवकको हत्या - pharaksandesh.com

मुख्य समाचार


Saturday, 15 August 2020

सुनसरीमा एक युवकको हत्या

इनरुवा, ३१ साउन : सुनसरी भोक्राहा नरसिंह गाउँपालिका –७ का एक युवकको हत्या गरिएको छ । बिहीबार साँझ स्थानीयवासी २१ वर्षीय गुनराज यादवको धरिलो हतियार प्रहार गरी हत्या गरेर सुनसरी खोलामा फ्याँिकएको अवस्थामा आज शव भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

यादवलाई हत्या गरेर हातखुट्टा डोरीले शव बाँधेर बोराभित्र ढुङ्गा राखेर फ्याँकेको अवस्थामा इनरुवा –९ र भोक्राहा नरसिंह गाउँपालिका–५ को सीमामा रहेको सुनसरी खोलामा फ्याँकिएको अवस्थामा फेला परेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताउनुभयो । हत्या गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.