पशुचौपायामा अज्ञात रोगको प्रकोप - pharaksandesh.com

मुख्य समाचार


Sunday, 9 August 2020

पशुचौपायामा अज्ञात रोगको प्रकोप

सर्लाही, २५ साउन  : सिन्धुलीको कर्णाली भनेर चिनिने हरिहरपुरगढी गाउँपालिका र दुधौली नगरपालिकामा पशुचौपायामा अनौठो खालको रोग देखापरेको छ । पशुचौपायामा देखापरेको अनौठो रोग हरिहरपुरगढी–५ तथा दुधौली वडा नं ४, ५ र ११ मा देखापरेको जनप्रतिनिधिले बताएका छन् । 

पशुचौपायाको गोडा सुनिने, घाँस नखाने र झोक्राएर बस्नेजस्ता समस्या देखिएको हरिहरपुरगढी–५ का वडाध्यक्ष झलककुमार माझीले जानकारी दिनुभयो । उहाँका अनुसार सो वडामा करीब ४५÷५० किसानले पालेका पशुचौपायामा यस्तो पहिचान नै हुन नसकेको रोग देखापरेको छ ।

अचानक देखापरेको सो रोग कस्तो खालको हो भन्ने अहिलेसम्म पशु चिकित्सकले पनि पहिचान गर्न सकेका छैनन् । पहिचानको काम भइरहेको पशु प्राविधिक नम्रजय अधिकारीले बताउनुभयो । उक्त रोगको लक्षण देखापरेका पशुचौपायामा गोडा सुनिने, छालामा डाबर देखिने, खाने कुरा नखाने, ¥याल बगाउने र उच्च ज्वरो आउने गरेको पाइएको पशु चिकित्सक विपिनजङ्ग राईले बताउनुभयो ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.