पहिरामा मृत्यु भएका ११ को सनाखत - pharaksandesh.com

मुख्य समाचार


Saturday, 15 August 2020

पहिरामा मृत्यु भएका ११ को सनाखत

सिन्धुपाल्चोक, ३१ साउन : जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान गएको पहिरामा परी मृत्यु भएका ११ जनाको सनाखत भएको छ । 

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार मृत्यु हुनेमा पुरुष दुई, महिला चार र बालबालिका पाँच जना छन् । पहिरामा परेका २७ अझै बेपत्ता छन् । मृत्यु हुनेमा पिर्ती दोङ, धनमाया दोङ, टीकामाया दोङ, छिरिङ दोङ, जिताइ झाँक्री, मिलन दोङ, सानू दोङ, जयबहादुर दोङ, दावाल्हामु दोङ, तारल्हमो दोङ र रिमेक्स दोङ रहेका छन् । 

आज बिहानैबाट सेना प्रहरी र स्थानीयले पहिरामा पुरिएकाको खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । (रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.