कोशी अस्पताल आइसोेलेशनमा एक जनाको ज्यान गयो - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 4 August 2020

कोशी अस्पताल आइसोेलेशनमा एक जनाको ज्यान गयो

मोरङ, २० साउन : मोरङको कोशी अस्पताल आइसोलेशनमा थप एक जनाको ज्यान गएको छ ।

उदयपुरका ५५ वर्षका पुरुषको ज्यान गएको हो । स्वासप्रश्वासमा समस्या, उच्च ज्वरो र रुघाखोकीको कारण विराटनगरको विराट नर्सिङ होम ल्याएकोमा त्यहाँबाट कोशी अस्पताल पठाइएका बिरामीको गएराति ज्यान गएको कोशी अस्पतालका डाक्टर चुमनलाल दासले जानकारी दिनुभयो ।

मृतकको स्वाब सङ्कलन भएको र कोरोना परीक्षणको लागि पठाउने तयारी भइरहेको उहाँले बताउनुभयो । हिजो विराटनगर-५ का ७७ वर्षका पुरुषको कोरोनाको सङ्क्रमणबाट ज्यान गएको थियो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.