बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 4 August 2020

बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ

गोरखा, २० साउन  : गोरखामा बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । जिल्लाको पालुङटार नगरपालिका–४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाटलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो । 

आफ्नै वडाभित्रकी एक १४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा अनुसन्धानका लागि वडाध्यक्ष रानाभाटलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । “पीडित बालिकाका आफन्तले दिएको उजुरीका आधारमा उहाँलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो”, प्रहरी उपरीक्षक अधिकारीले भन्नुभयो, “पक्राउ परेका रानाभाटविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ ।”

पक्राउ परेका वडाध्यक्ष रानाभाटले यसअघि पनि पटकपटक पीडित बालिकालाई बलात्कार गरेको पीडित पक्षले आरोप लगाएको छ । वडाध्यक्ष रानाभाटलाई नियन्त्रणमा लिन पालुङटार क्षेत्रमा साँझ ठूलो सङ्ख्यामा प्रहरी परिचालनसमेत गरिएको थियो ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.