काभ्रेमा कोरोना सङ्क्रमित ९८ वर्षीय वृद्धको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 18 August 2020

काभ्रेमा कोरोना सङ्क्रमित ९८ वर्षीय वृद्धको मृत्यु

काभ्रेपलाञ्चोक, २ भदौ : कोरोना संक्रमणबाट काभ्रेमा एक ९८ बषीय वृद्धको मृत्यु भएको छ । धुलिखेल अस्पतालमा उपचारको क्रममा गए राति ती बृद्धको मृत्यु भएको काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिनुभयो ।

धुलिखेल घर भएकी उहाँ काठमाडौं वानेश्वर बस्नु हुन्थ्यो । दिसा रोकिने समस्या भएपछि उहाँलाई आफन्तले २७ गते धुलिखेल अस्पताल भर्ना गरेका थिए ।

परीक्षणकाक्रममा सोहीदिन कोरोना संक्रमण पुष्टि भएसँगै उहाँलाई आइसियुमा राखेर उपचार हुँदै आएको थियो।

उहाँको अन्त्येष्टी सरकारले बनाएको कार्यविधिअनुसार पशुपति आर्यघाटमा गर्ने तयराी छ। योसँगै काभ्रेमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या दुई पुगेको छ।

यसअघि २६ साउनमा पाँचखाल ५० वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट ललितपुरस्थित किस्ट मेडिकल कलेजमा मृत्यु भएको थियो।

काभ्रेमा कोरोना सङ्क्रमितको सङ्ख्या ८० पुगिसकेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.