केयर बाल गृहबाट एघार बालबालिकाको उद्धार - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 5 August 2020

केयर बाल गृहबाट एघार बालबालिकाको उद्धार

काठमाडौँ, २१ साउन  : काठमाडौँको कपनस्थित केयर बाल गृहबाट आज ११ बालबालिकाको उद्धार गरिएको छ । 

उक्त गृहका सञ्चालकको गतिविधि विवादित भएपछि आज बूढानिलकण्ठ नगरपालिकाको सहयोगमा बालबालिका खोजतलास केन्द्र र राष्ट्रिय बालअधिकार परिषद्को टोलीले उद्धार गरेको हो ।

अहिले ती बालबालिकालाई सरकारले स्थापना गरेको अस्थायी बाल संरक्षण केन्द्रमा राखिएको परिषद्का कार्यक्रम व्यवस्थापक नमूना भुषालले जानकारी दिनुभयो । 

भुषालका अनुसार उक्त गृह कम्पनीमा दर्ता भएको पाइएको छ । केही दिन अघि नाटक मञ्चन गरी उक्त संस्थाका सञ्चालक पुष्पा अधिकारीबाट चौरमा बालक भेटिएको भनी प्रचार भएको थियो । 

विदेशबाट आएकी चितवनकी एक महिलाले बच्चा जन्माएपछि अधिकारीकै नेतृत्वमा चौरमा बालक लगेर छाडी भेट्टाएको भनी प्रचार गरिएको थियो ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.