प्रधानाध्यापकको मृत्यु, स्वाब सङ्कलन - pharaksandesh.com

मुख्य समाचार


Sunday, 23 August 2020

प्रधानाध्यापकको मृत्यु, स्वाब सङ्कलन

सप्तरी, ७ भदौ : विष्णुपुर गाउँपालिकास्थित जनता मावि खुरहुरियाका एक ५१ वर्षीय प्रधानाध्यापकको आज मृत्यु भएपछि स्वाब सङ्कलन गरिएको छ । 

रुपनी गाउँपालिका–४ भथौल निवासी उहाँको उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउँदै गर्दा बाटामा नै मृत्यु भएको परिवारका सदस्यले बताएका छन् । बिहान घुमेर घर आइ खाना खाएर सुतेका उहाँ उठेपछि रिंगटा लागेर बेहोस हुँदा बिष्णुपुर गाउँपालिकाको एम्बुलेन्समा अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । 

अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रणजितकुमार झाले अस्पताल आइपुग्नु अगावै मृत्यु भएको जानकारी दिनुहुँदै हृदयघातको सम्भावना व्यक्त गर्नुभयो । स्वाब सङ्कलनपछि शवलाई परिवारको जिम्मा लगाइने बताइएको छ । (रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.