चितवनमा थप एक साता निषेधाज्ञा - pharaksandesh.com

मुख्य समाचार


Saturday, 22 August 2020

चितवनमा थप एक साता निषेधाज्ञा

चितवन, ६ भदौ : जिल्ला प्रशासन कार्यालय चितवनले थप एक साताका लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । यस अघि माडी नगरपालिका बाहेक ६ वटा स्थानीय तहमा मात्र निषेधाज्ञा जारी गरिएकोमा शुक्रबार राती १२ बजेबाट माडी सहित पुरै जिल्लामा एक साताका लागि निषेधाज्ञा जारी गरिएको हो । 

जिल्लामा कोरोना सङ्क्रमण वढ्दै गएपछि साउन ३० गते मध्यरात देखि भरतपुर महानगरपालिका र साउन ३२ गते देखि जिल्लाका अन्य पाँच स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको थियो । स्थानीय तहको सिफारीसमा गरिएको निषेधाज्ञा शुक्रबार मध्यराती सकिन लाग्दा एक साताका लागि निषेधाज्ञाको समय थप गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताउनुभयो । उहाँका अनुसार निषेधाज्ञा भदौ १२ गते मध्यरात सम्म लागु हुने छ । 

भरतपुर महानगरसँगै रत्ननगर, कालिका, खैरहनी, राप्ती, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको हो । जिल्लामा अहिले कोरोना सङ्क्रमित ३ सय ३ पुगेका छन् जसमा महानगरमा १६८, राप्ती नगरपालिका ६५, खैरहनी नगरपालिका १२, कालिका नगरपालिका ५, रत्ननगर नगरपालिका ११, माडी नगरपालिका ४१ र ईच्छाकामना गाउँपालिकामा १ जनामा कोरोना सङ्क्रमण देखिएको छ । हाललसम्म तीन जनाको मृत्यु भएको छ ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.