मकवानपुरमा निषेधाज्ञा भदौ १५ सम्म - pharaksandesh.com

मुख्य समाचार


Monday, 24 August 2020

मकवानपुरमा निषेधाज्ञा भदौ १५ सम्म

मकवानपुर, ८ भदौ : समुदायमा संक्रमण बढेपछि साउन २६ गते राति १२ बजेदेखि जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रमा जारी गरेको निषेधाज्ञा अवधि दोस्रो पटक थप गरी भदौ १५ गते सम्म पुर्‍याएको छ ।

जिल्ला सुरक्षा समितिको वैठकले हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाका अन्तर्गत राजमार्ग आसपासका क्षेत्रमा साउन २६ गतेदेखि लगाएको निषेधाज्ञा दोस्रो पटक थप गर्दै भदौ १५ गते पुर्‍याएको हो । निषेधाज्ञा थप भएसँगै बैंक तथा वितीय सस्था पनि बन्द हुने भएका छन् । निषेधाज्ञा उल्लंघन गरे संक्रामक रोग ऐन, २०२० अनुसार १ महिनासम्म कैदको सजाय हुन्छ ।

मकवानपुरमा परिक्षणको क्रममा हाल सम्म ३ सय ९ जनामा कोरोना पुष्टि भएसँगै निषेधाज्ञा अवधि दोस्रो पटक थप गरिएको र कन्ट्याक ट्रेसिङ र पीसीआर परीक्षणको दायरा बढाइने प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिनुभयो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.