३९ जिल्लामा निषेधाज्ञा - pharaksandesh.com

मुख्य समाचार


Monday, 17 August 2020

३९ जिल्लामा निषेधाज्ञा

काठमाडौँ, १ भदौ : स्थानीय प्रशासन तथा स्थानीय तहले आवश्यकताको आधारमा ३९ जिल्लामा पूर्ण तथा आंशिक रुपमा निषेधाज्ञा भएको गृह मन्त्रालयले जनाएको छ । मुलुकभर कोभिड–१९ को फैलन थालेसँगै स्थानीय प्रशासन तथा स्थानीय तहले पूर्ण तथा आंशिक लकडाउन गरेका हुन् ।

गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता चक्रबहादुर बुढाले ३९ जिल्लामा फरक फरक प्रकारले निषेधाज्ञा जारी गरिएको बताउनुभयो । जिल्लामै सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि कतै जिल्ला प्रशासन कार्यालयबाटै सूचना जारी भएर निषेधाज्ञा लगाइएको छ भने अधिकांश स्थानीय तहले आफूले स्वतःस्फूर्त रुपमा लकडाउन गरेका छन् ।

उहाँका अनुसार सोमबार दिउँसोसम्म ३९ जिल्लामा आंशिक तथा पूर्ण रुपमा निषेधाज्ञा जारी भएका छन् । २८ जिल्लामा स्थानीय प्रशासनले सङ्क्रामक रोग नियन्त्रण ऐनअनुसार निषेधाज्ञा जारी गरिएको उहाँले बताउनुभयो । पर्सा, सप्तरी, बाँके, बारा, सुनसरी, सर्लाही, स्याङ्जा, बर्दिया, रौतहट, कपिलवस्तु, दोलखा, नवलपरासी पश्चिम, सिन्धुपाल्चोक, गोरखा, रामेछापमा जिल्लाभरि नै लागू हुने गरी निषेधाज्ञा जारी भएको छ ।

यस्तै, चितवन, पाल्पा, सुर्खेत, धनकुटा, उदयपुर, तनहुँ, पश्चिम रुकुम, धादिङ, मकवानपुर, कञ्चनपुर, झापा, दार्चुला, मोरङ, बझाङ, जुम्ला, सिराहा, महोत्तरी, धनुषा, काभ्रेपलाञ्चोकमा आंशिक रुपमा लकडाउन रहेको छ । 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.