कोरोनाभाइरसका ४६८ जना नयाँ सङ्क्रमित थपिए, कुल २६ हजार १९ - pharaksandesh.com

मुख्य समाचार


Saturday, 15 August 2020

कोरोनाभाइरसका ४६८ जना नयाँ सङ्क्रमित थपिए, कुल २६ हजार १९

काठमाडौं, ३१ साउन : कोरोनाभाइरसका ४६८ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ११ हजार ४७ जनामा पीसीआर परीक्षण गरिएकोमा ४६८ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या २६ हजार १९ पुगेको जानकारी दिनुभएको छ । प्रवक्ता गौतमले हाल आठ हजार १९३ जनामा आइसोलेशनमा रहेको जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म १७ हजार २०१ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.