चितवनमा दुई वटा ट्रक जुध्दा १ जनाको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Monday, 14 September 2020

चितवनमा दुई वटा ट्रक जुध्दा १ जनाको मृत्यु

चितवन, २९ भदौ : चितवनकाे नारायणगढ- मुग्लिङ सडक खण्डमा आज बिहान दुई वटा ट्रक एक आपसमा ठक्कर खाँदा १ जनाकाे मृत्यु भएकाे छ भने ५ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ना४ख ८०११ नम्बरको ट्रक चालक बारा परवानीपुरका अजय शाह रहेका छन् ।

इच्छाकामना गा.पा. ५ मुग्लिङ नारायणगढ सडक खण्डको खहरे पुल नजिक काठमाण्डौनाबाट रायणगढतर्फ जाँदै गरेको ना६ख २४२३ नम्बरको ट्रक र बिपरित दिशाबाट गई रहेको ना४ख ८०११ नम्बरको ट्रक एक आपसमा ठक्कर जुधेकाे थियाे ।

ट्रक चालक र ट्रकमा सवार ४ जना घाइते भई उपचारको लागि पुरानो मेडिकल चितवन लगिएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएकाे छ ।

दुबैतर्फ अबरोध भएकाे बाटाे खुलाउने कार्य भइराखेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.