अर्यालका मुक्तकहरू - pharaksandesh.com

मुख्य समाचार


Sunday, 13 September 2020

अर्यालका मुक्तकहरू

- अम्बिका अर्याल 
वसन्तमा पाउलिएका पात प्रिय लाग्छ
विछाेडमा प्रेमपत्रका खात प्रिय लाग्छ
सुहाउँदैन सुन्दर ओठले ललकारेकाे 
सुमधुर प्रीति साट्ने बात प्रिय लाग्छ

सत्य ताक्ने नजर कहिल्यै झुक्नु हुन्न
साहस हाँक्ने मन केहीले चुक्नु हुन्न
ओठ तालु सुकाइ काँतर हार मान्ला
शिर झुकाइ नेपाली वीर लुक्नु हुन्न ।

नभन भाे निष्ठुरी समय यस्तै छ
खाेलाैँ कि म छाती हृदय उस्तै छ
नसाेच सुखी छु तिमीभन्दा म नै 
जे छ उता पीडा यहाँ नि त्यस्तै छ ।

मन त भन्छ उनकाे याे गर् त्याे गर्
तर काँबाट लागेछ काकालाई सुगर
बार्दाबार्दा हत्ताेहैरान तब भन्दैछन्
काेराेनासँग भिड्न के गर्लास् लु गर् ।

सरल शिल्प शैली कुँदे पाे अक्षरमा बुझिन्छन् भावहरू
बिम्बका थुप्राेमा थिचिए त केवल कुँजिन्छन् भावहरू
आज बालकदेखि वृद्धसम्मका ओठ स्वतः सलबलाउँदै
घिमिरे र भानुभक्तका तब त सर्वत्र गुन्जिन्छन् भावहरू ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.