वीर अस्पताल अब कोभिड १९ अस्पताल - pharaksandesh.com

मुख्य समाचार


Sunday, 6 September 2020

वीर अस्पताल अब कोभिड १९ अस्पताल

काठमाडाैँ, २१ भदौ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पताललाई कोभिड १९ अस्पतालका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले वीर अस्पताललाई कोभिड १९ को अस्पतालको रुपमा प्रयोग गर्ने र त्यहाँ आएका अन्य नियमित सेवा राष्ट्रिय ट्रमा सेन्टरबाट दिने निर्णय भएको जानकारी दिनुभयो ।

यस्तै बिहान बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले विभिन्न शिक्षण संस्थामा स्वास्थ्यस सम्बन्धी अध्ययनरत विद्यार्थीलाई कोभिड १९ को उपचार तथा नियन्त्रणका लागि खटाउने निर्णय पनि गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.