चिया मजदूरको दैनिक ज्यालामा ३० रुपैयाँ बृद्धि - pharaksandesh.com

मुख्य समाचार


Friday, 18 September 2020

चिया मजदूरको दैनिक ज्यालामा ३० रुपैयाँ बृद्धि

सुरुङ्गा, २ असोज :  दैनिक ज्यालामा ३० रुपैयाँ बृद्धि गरिएपछि चिया मजदूरको ज्याला विवाद टुुङ्गिएको छ । चिया मजदुर संगठन र नेपाल चिया उत्पादक संघबीच बिहीबार चारबुँदे सहमति भएपछि ज्याला विवाद सुल्झिएको हो ।

झापा उद्योग संघको सभाहलमा चिया उद्योगी र मजदूर संगठनका प्रतिनिधिबीच ज्यालाको विषयमा सहमति भएको नेपाल चिया उत्पादक संघका केन्द्रीय अध्यक्ष सुरेशकुमार मित्तलले जानकारी दिनु भयो । उहाँका अनुसार चिया उद्यमी मजदूरले पाउँदै आएको न्यूनतम दैनिक ज्यालामा ३० रुपैयाँ बढाउन सहमत भएका छन् ।

श्रमिकले २३१ रुपैयाँ न्युनतम् ज्याला र १५४ रुपैयाँ महङ्गी भत्ता गरी ३८५ रुपैयाँ पाउँदै आएकोमा नयाँ सहमतिपछि बृद्धि गरिएको ३० रुपैयाँसहित अब ४१५ रुपैयाँ पाउने भएका छन् ।यस वर्ष भारतमा तयारी चियाको मूल्य झण्डै दोब्बर बढेको बताइएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.