काठमाडाैँ, ३१ भदौ : काठमाडौं उपत्यकामा भूकम्पको ठूलो धक्का महशुस गरिएको छ। बुधबार बिहान ५ बजेर १९ मिनेटमा भूकम्प गएको हो।
केहीबेरसम्म भूकम्पकाे कम्पन निरन्तर रहेपछि सर्वसाधारण घरबाट बाहिर निस्केका थिए।
An earthquake of ML 6.0 occurred around Ramche of Sindhupalchok district at 5:19.@NEOCOfficial— NSC, Nepal (@NepalNsc) September 15, 2020
भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको हो।
भूकम्पको धक्का काठमाडौंसहित देशका अरू भागमा पनि महशुस गरिएको थियो।
क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ।

No comments:
Post a Comment