ठूलो शहर : हेमकला राई - pharaksandesh.com

मुख्य समाचार


Monday, 14 September 2020

ठूलो शहर : हेमकला राई

हेमकला राई 
ठूलो शहरको अँध्यारो कोठामा
एक्लै बस्दाको यो पल,
मेरो ओछ्यानमा भएको एकजोर
सिरानीलाई थाहा छ मेरो पीडा।
कोरोनाले गर्दा सरकारले गरेको
निरन्तरको लकडाउन संगै,
म जस्तै एकपेट पाल्ने मानिसको
अगेनामा आगो नबल्दाको पीडा।
आफन्तहरुले फोन र sms बाट
के छ खबर? भनी सोध्दा,
बेठिकै भए पनि 
ठिकै छ भन्नू पर्दाको पीडा।
घरबाट आमाको फोन आउँदा 
आँखाभरी अनायसै
आफैलाई थाहा नदिइ 
चिपचिप पानी रसाउँदाको पीडा।
आमाले केसंग भात खाइस? भन्दा
अचारसँग खाएको भए पनि
आमाको चित्त नकाटियोस भनी 
मासु भात खाए भन्दाको पीडा।
यी सबै पिडाहरु 
मेरो सिरानीलाई थाहा छ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.