हिमालयले सार्वजनिक गर्‍यो नियमित उडानको भाडादर - pharaksandesh.com

मुख्य समाचार


Friday, 4 September 2020

हिमालयले सार्वजनिक गर्‍यो नियमित उडानको भाडादर

काठमाडौँ, १८ भदौ : नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले नियमित उडानको भाडादर सार्वजनिक गरेको छ । विदेशमा अलपत्र नेपालीलाई स्वदेश फिर्ता ल्याउन उद्धार उडानको लागि सरकारद्वारा स्वीकृत भाडादर लागू हुने कम्पनीले उल्लेख गरेको छ । यी भाडाहरु कर र एजेन्सी कमिशनसहितको हो । कुनै ट्राभल एजेन्सीले प्रकाशित भाडादरभन्दा बढी भाडा लिएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिने कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।

हिमालयले विदेशमा अलपत्र नेपाली स्वदेश फर्काउन विभिन्न मुलुकबाट गरिने उद्धार चार्टर्ड उडानको भाडादर सार्वजनिक नगरेको छ । जसअनुरुप दमामका लागि ४६५ अमेरिकी डलर, रियादको ४६५, ढाकाको १६५, कुवेतको ३९२ डलर तोकिएको छ । त्यस्तै बहराइन्को ४१०, मालेको ४८०, सिङ्गापुरको ५२० र स्लामाबादको ३५० डरल कायम गरिएको छ ।

हिमालयले नियमित उडान हुने काठमाडौं–अबुधाबी र काठमाडौं क्वालालम्पुर गन्तव्यमा हुने उडानको भाडादर निर्धारण गरेको छ । उक्त भाडादर सम्पूर्ण करसहितको छ तर यसमा एजेन्सी सेवा शुल्क समावेश गरिएको छैन । ट्राभल एजेन्सीले उपयुक्त सेवा लागू गर्न सक्दछ ।

सरकारले १ सेप्टेम्बरदेखि अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन गर्ने निर्णय गरेपश्चात हिमालय एअरलाइन्सले सहजै पीसीआर उपलब्ध गन्तव्य (छोड्ंछिडं, क्वालालम्पुर र आबुधाबीको उडान सञ्चालन गर्न अनुमति प्राप्त गरेको छ । पीसीआर परीक्षणको उपलब्धता कठिन भएका अन्य उडान वृत्तखण्डमा सरकारको निर्णयअनुरूप नै चार्टर उडानमार्फत नेपालीलाई स्वदेश फिर्ता गर्ने कार्य सुचारु रहनेछन् ।।

हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले कोभिड(१९को रोेकथामका लागि सामूहिक लडाइँमा कम्पनीले नागरिकको स्वदेश फिर्ता, कोभिड–१९ को उपचारका लागि स्वास्थ्य उपकरण तथा औषधिको ढुवानी गरी नागरिक र सरकारलाई सहयोग गरेको बताउनुभयो । 

हिमालयले जुन १६ देखि अगष्ट ३१ तारिखसम्मय सम्म ९४ वटा उद्घार उडानमार्फत १५ हजार ६३५ नेपालीलाई स्वदेश फिर्ता गरेको जनाएको छ ।

१०५ यात्रु फर्किए 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज यात्रु तथा कार्गो गरी सात अन्तर्राष्ट्रिय उडान भएका छन् । यी उडानमार्फत १०५ यात्रु नेपाल आएका छन् भने नेपालबाट ४३ यात्रु बाहिरिएका छन् । आज राति नेपाल एयरलाइन्स हङकङ र हिमालय एयरलाइन्सले क्वालालम्पुर र दोहाका लागि उडान गर्ने विमानस्थलले जनाएको छ । 

शुक्रबार विभिन्न एयरलाइन्सका सात अन्तर्राष्ट्रिय उडान हुनेछन् । हिमालय एयरलाइन्सको क्वालालम्पुर, र दोहामा उडान हुदैँछ भने नेपाल एयरलाइन्सले हङकङबाट यात्रु काठमाडौँ ल्याउनेछ । कतार एयरवेज, कोरियन एयरलाइन्स, फ्लाई दुबईले पनि उडान गर्ने तालिका रहेको छ ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.