कविता
![]() |
| कमला गौतम |
बर्षा थियो ऋतु पनि, झरी गरि गयो
पानी परि बरबर, गरि झरी रह्रो
सुन्छु के के भयो धेरै, बाढि पैरो गयो
मान्छे बिना घरबाँस भयो कति लयो
यताउता डुल्दै बस्यो, यो कोरोना पनि
हिड्न छैन न जुधाइ, नजर भो अनि
चेकजाँच अचम्म छ, कस्तो कस्तो गर्ने
बिरामी नी छैन मान्छे, भयो रोग भिर्ने।
डराएर भित्रभित्रै, बसाई छ हाम्रो
न छ भेट कसैसँग, मन छैन राम्रो
आउ जाउ वरपर, गरिगरी बस्ने
बानी थियो यस्तो तर, कसरी हो बाँच्ने
गाँउ राम्रो अहिले त, शहरमा छैन
हरियाली आहा लाग्ने, गाँउमै हो हैन
कोचारिई बसाइ छ, राम्रो लाग्छ त्यहि
भित्रभित्रै नेट साथी, जानु छैन क॔हि
गर्थ्यो धाक रवाफमा, रमेको यो मान्छे
सबै मेरो यो धर्तिमा, भाग लाई भान्से
खाना पनि पर्यो हैन, हात खुट्टा बन्द
राम्रो गर आफ्नो ठाँउ, हेर न हो अन्त।
कमला गौतम
काठमाडौँ

No comments:
Post a Comment