दुर्घटनामा घाइते भएका क्रिकेटर भण्डारी खतरामुक्त - pharaksandesh.com

मुख्य समाचार


Monday, 14 September 2020

दुर्घटनामा घाइते भएका क्रिकेटर भण्डारी खतरामुक्त

काठमाडौं, २९ भदौ : नेपाली राष्ट्रिय क्रिकेटर ललित भण्डारी दुर्घटनामा परेर गम्भिर घाइते भएका छन् ।

आइतबार धनगढीबाट महेन्द्रनगर जाँदै गरेको से १ ख १३२४ नम्बरको ट्रकले भण्डारी सवार म २ प ४७०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा क्रिकेटर भण्डारीसहित उनको आफन्त करन ठगुन्ना पनि घाइते भएका थिए ।

दुर्घटनापछि गम्भीर घाइते भएका भण्डारीको शुक्लाफाँटा क्लिनिकमा प्राथमिक उपचारपछि धनगढीकै निसर्ग अस्पतालमा लगिएको थियो । धनगढीबाट आइतबार राति नै उनलाई नेपालगन्जको कोहलपुर मेडिकल कलेज रिफर गरिएको थियो ।

भण्डारीको अहिले कोहलपुरमा उपचार भइरहेको छ । उनको हात र खुट्टामा गम्भीर चोट लागेको थियो ।

नेपाल क्रिकेट संघले ट्वीट मार्फत उनको अबस्था खतरामुक्त रहेको जनाएको छ । पछिल्लो जानकारी अनुसार उनको टाउकोको सिटी स्क्यान सामान्य रहेको छ ।।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.